समाचारसोमबार, फाल्गुण २४, २०७२

कांग्रेस महाधिवेशनः दोस्रो चरणको मतदान शुरु

हिमालखबर

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान शुरु भएको छ ।

congress_mahadhivesanपहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेपछि बढी मत ल्याउने दुई प्रतिस्पर्धी शेरबहादुर देउवा र रामचन्द्र पौडेलका लागि दोस्रो चरणको मतदान हुन लागेको हो ।

दोस्रो चरणमा सबैभन्दा पहिले पौडेलले मतदान गरेका छन् । त्यसपछि प्रकाशमान  सिंह, सुजाता कोइराला लगायतका नेताहरुले मतदान गरे । कार्यकर्ताहरुलाई अन्नपूर्ण होटेलमा भेटिरहेका  अर्का प्रत्याशी शेरबहादुर देउवा भने निर्वाचन शुरु भएको १५ मिनेटसम्म पनि मतदान केन्द्र राष्ट्रिय सभा गृह परिषरमा देखा परेनन् ।

हिजो भएको पहिलो चरणको निर्वाचनमा सभापतिका तीन प्रत्याशीमध्ये देउवाले १५६४, पौडेलले ११६० र कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गरेका थिए भने १०० मत बदर र १३ जना अनुपस्थित भएका थिए ।

देउवालाई सभापतिमा चुनिनका लागि ११ मतमात्रै कम प्राप्त भएको थियो । कांग्रेस विधान अनुसार तेस्रो हुने सिटौला निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन् ।

सभापति पदका लागि दोस्रो चरणको निर्वाचन सम्पन्न भई मतगणना भइसकेपछि मात्रै महामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यहरुको मतगणना शुरु हुनेछ ।

पदाधिकारी र सदस्यहरुको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>