समाचारसोमबार, फाल्गुण २४, २०७२
मैले जितिसकें, निर्वाचन औपचारिकता मात्रैः देउवा
कांग्रेस वरिष्ठ नेता एवम् सभापति पदका प्रत्याशी शेरबहादुर देउवाले आफू सभापति पदमा विजयी भइसकेको र निर्वाचन औपचारिकता मात्रै भएको दाबी गरेका छन् ।

तस्वीर: कपिल भट्ट
नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि जारी दोस्रो चरणको निर्वाचनमा मत खसालेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै देउवाले आफूले पार्टी नेतृत्व सम्हालेपछि सबैलाई मिलाएर जाने बताए ।
“म सबै साथीहरुलाई मिलाएर लान्छु, रामचन्द्रजी, सिटौलाजी सबैलाई मिलाउँछु,” देउवाले भने, “पार्टीमा उनीहरुको ठूलो योगदान छ, सबै जेलनेल परेका व्यक्ति हुन् ।”

तस्वीर: कपिल भट्ट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
