समाचारसोमबार, फाल्गुण २४, २०७२

कांग्रेस महाधिवेशनः मतदानका लागि ४५ मिनेट थप

हिमालखबर

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्वका लागि दोस्रो चरणको निर्वाचन जारी छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा जारी मतदानमा ३१६१ महाधिवेशन प्रतिनिधिमध्ये बेलुका ४ः५० बजेसम्म १७०० बढीले मतदान गरिसकेको केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

मतदानका लागि दिउँसो २ देखि ५ बजेसम्म समय तोकिएकोमा केही ढिलो गरी मतदान प्रक्रिया शुरु भएकाले ४५ मिनेट समय थपिएको उनले बताए ।

मतदान केन्द्रमा शेरबहादुर देउवा पक्षका नेता कार्यकर्ताहरु निकै उत्साहित मुद्रामा देखिएका छन् ।
कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>