Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस सभापतिमा देउवा निर्वाचित - Himalkhabar.com

समाचारसोमबार, फाल्गुण २४, २०७२

कांग्रेस सभापतिमा देउवा निर्वाचित

हिमालखबर

नेपाली कांग्रेसको नेतृत्वका लागि भएको निर्वाचनमा १८२२ मत प्राप्त गरी शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

कुल खसेको ३,१४० मतमध्ये देउवाले १,८२२ मत प्राप्त गरेका छन् भने सभापतिका अर्का प्रत्याशी रामचन्द्र पौडेलले १,२९६ मत प्राप्त गरे । त्यसैगरी २२ मत बदर भएको छ ।

तस्वीर: कपिल भट्ट

तस्वीर: कपिल भट्ट

दोस्रो चरणको निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५२६ मतको अन्तरले हराउँदै देउवा सभापति बनेका हुन् ।

यसअघि पोखरामा भएको १० औं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र काठमाडौंमा भएको १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका देउवा १३ औं महाधिवेशनबाट देशको ठूलो पार्टीको सर्वोच्च पदमा पुगेका हुन् ।

ghosana
——————————————————————————
कांग्रेस महाधिवेशनः मतगणना शुरु
हिमालखबर

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्वका लागि आज भएको निर्वाचनको मतगणना शुरु भएको छ ।

मतगणना मतगणना राति ८ः३० बजेदेखि शुरु तीन घण्टामा मतपरिणाम आइसक्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

आज पौने तीन बजेदेखि शुरु भएको मतदानमा जम्मा मतदाता संख्या ३१६१ मध्ये ३१२० मतमात्रै खसेको थियो । यसअघि हिजो, २३ फागुनमा पहिलो चरणको निर्वाचनमा ३१४८ मत खसेको थियो ।

पदाधिकारीको मतगणना भने भोलि, २५ फागुनदेखि पार्टी मुख्यालय सानेपामा हुने समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>