अन्तर्वार्ता/विचारमंगलबार, फाल्गुण २५, २०७२

घरायसी कामको लेखाजोखा हुनुपर्छ: चाँदनी जोशी

हिमालखबर

Chandani Joshi
पद्मकन्या क्याम्पसमा अंग्रेजी विभाग प्रमुख तथा संयुक्त राष्ट्र संघीय महिला विकास कोष (युनिफेम)को दक्षिण एशिया कार्यक्रम निर्देशकको जिम्मेवारी पुरा गरिसकेकी चाँदनी जोशी भन्छिन्, “महिलाका लागि निश्चित अवधीसम्म सकारात्मक विभेद नीति अनिवार्य छ ।”

नेपाली महिलाका प्रमुख समस्या के के हुन ?
महिलाले गर्ने कामले कामको मान्यता नपाउनु सबैभन्दा ठूलो समस्या हो । उनीहरूका काम गणनामा नपर्दा महिलाको शिक्षा, अभिवृद्धि, स्वास्थ्योपचारदेखि प्रतिष्ठामा सोझे असर परेको छ । उनीहरूलाई सीप र क्षमता विस्तारको अवसर दिइदैन ।

शहरी र ग्रामिण महिलाको अवस्थामा कस्तो भिन्नता छ ?
प्रतिभाशाली, सक्षम, समझ्दारी र हिम्मतिला महिलाहरू गाउँ–गाउँमा हुनुहुन्छ । तर शहरमा जति पहुँच, सुविधा र सूचना गाउँमा पुग्न सकेको छैन ।

सकारात्मक विभेदको नीतिले महिला सशक्तीकरणमा कस्तो भूमिका खेलिरहेको छ ?

एउटा २० वर्षीय युवा र ७० वर्षीय बृद्धबीच दौड प्रतियोगिता राख्नु न्यायोचित हुँदैन । सयौं वर्षदेखि पढ्न, लेख्न र घर बाहिर निस्कन समेत नपाएका महिलालाई सशक्त पार्न सकारात्मक विभेद अनिवार्य छ । केही महिलाहरू क्षमतामा मात्रै जोड दिनुपर्छ भन्छन् । तर क्षमता विकासका लागि पनि निश्चित अवधीसम्म सकारात्मक विभेद जरुरी छ । र, यसलाई अझ् प्रभावकारी बनाउनुपर्छ ।

नीति निर्माण तहमा महिला प्रतिनिधित्व बढाउन चाँहि के गर्नुपर्छ ?
सबैभन्दा पहिले त महिला भएकै कारण गर्न सक्दैनन् भन्ने मानसिकता बदल्नुपर्छ । क्षमता अनुरुपको अवसरबाट बञ्चित गराइनु हुँदैन । राजनीतिक दलहरुमा एकसेएक महिला नेतृहरूले अहिले पनि उचित अवसर पाएका छैनन् । परराष्ट्र मन्त्रालयमा महिलाले नाम निकालेरै देखाए । सागमा स्वर्ण पदक जिते ।

महिला सशक्तीकरणका लागि अत्यावश्यक तर अहिलेसम्म ध्यान नपुगेको विषय के होला ?
कामकाजी महिला पनि घरायसी कामबाट मुक्त हुँदैनन् । तर, घरायसी कामको आर्थिक र सामाजिक मूल्याँकन गरिदैन । महिलाले घरमा गर्ने कामको पनि लेखाजोखा गरिनुपर्छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...