समाचारमंगलबार, फाल्गुण २५, २०७२

अब राष्ट्रिय सहमतिको सरकारः दाहाल

हिमालखबर

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अब राष्ट्रिय सहमतिको सरकार गठनको पहल शुरु गर्ने बताएका छन् ।

चितवनमा आयोजित कार्यक्रममा २५ फागुनमा बोल्दै दाहालले आफू काठमाडौँ फर्किएलगत्तै नेपाली कांग्रेसका नवनिर्वाचित सभापतिसँग भेटी राष्ट्रिय सहमतिको सरकार बनाउन पहल शुरु गर्ने बताएका छन् ।

उनले प्रमुख दलहरु सरकारमा नै रहेर संविधान कार्यान्वयन र पुनः निमार्णमा जुट्नुपर्ने बताए ।

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक दाहालले १६ बुँदे सहमति अनुरुप नै कांग्रेस, नेकपा एमाले, एमाओवादी सहितका दलको सहभागितामा सरकार निर्माणका लागि समितिको बैठक बसेर पहल शुरु गरिने बताए ।

उनले भने, “संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र राष्ट्रिय एकता एवम् समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुपर्छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>