समाचारमंगलबार, फाल्गुण २५, २०७२

ठूला दल मिलेर सरकार सञ्चालन गरे मनपरी हुन्छः देउवा

हिमालखबर

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफ्नो जिम्मेवारी थपिएको बताएका छन् ।

निर्वाचित भएपछि २५ फागुनमा सञ्चारकर्मीसँग आफ्नै निवास बुढानिलकण्ठमा कुरा गर्दै सभापति देउवाले पार्टीको आन्तरिक निर्वाचनमा जित हार नहुने बताए ।

उनले पार्टीका साथीहरुले यसपालि आफूलाई जिम्मेवारी दिएको भन्दै थपे, “पार्टीलाई एक गरेर मजबुत बनाउनाका साथै मुलुकका समस्या समाधानका लागि पहल गर्न मलाई जिम्मेवारी दिइएको हो ।”

कांग्रेसको अधिवेशनको दौरानमा गाउँदेखि जिल्ला र जिल्लादेखि केन्द्रसम्म सहज रुपमा आन्तरिक प्रजातन्त्रको अभ्यास भएको बताउँदै नेता देउवाले मुलुकका सबै पार्टीलाई मिलाएर अघि बढ्ने बताए ।

“उहाँहरुको पनि मलाई सहयोग रहने विश्वास छ । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला लगायत सबैलाई मिलाएर अघि बढ्नेछु, उहाँहरुको सम्मान र प्रतिष्ठा कायम राख्दै पार्टीमा अघि बढ्ने छु,” देउवाले भने ।

उनले पार्टी सरकारमा जाने बारे अहिले छलफल भइनसकेको बताए ।

मुलुकका ठूला दल मिलेर सरकार सञ्चालन गरे मनपरी हुने कांग्रेसको धारणा रहेको बताउँदै उनले बहुदलीय प्रजातन्त्रमा नियन्त्रण र सन्तुलनका लागि पनि बलियो प्रतिपक्षी चाहिने कांग्रेसको धारणा रहेको बताए ।

“बलियो प्रतिपक्षीबिनाको सरकार तानाशाही बन्न सक्छ” उनले भने ।

उनले मधेशकेन्द्रित दलहरुसँग वार्ता गरेर सीमाङ्कन लगायत सबै विषयमा छलफल गरी समाधान गरिने विश्वास व्यक्त गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>