Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मिथिला मध्यमा परिक्रमा शुरु - Himalkhabar.com

थप समाचारमंगलबार, फाल्गुण २५, २०७२

मिथिला मध्यमा परिक्रमा शुरु

हिमालखबर

मिथिलाञ्चलनको लामो दूरीको धार्मिक यात्रा मिथिला मध्यमा परिक्रमा जनकपुरबाट शुरु भएको छ ।

parikramaधनुषाको तारापट्टीबाट मिथिला बिहारीको डोला र जनकपुरको जानकी मन्दिरबाट निस्केको किशोरीजीको डोला जनकपुरको हनुमाननगरमा पुगेर परिक्रमाको विधिवत् शुरुवात गरिएको छ ।

आज हजारौं श्रद्धालुसहित रामजानकीको डोला जनकपुरको रतनसागर मठमा भव्य स्वागत्पछि हनुमान नगर पुगेको छ ।

नेपाल र भारतका विभिन्न स्थानमा पैदल जाने यो यात्रा १४ दिनसम्म बिभिन्न धार्मिक स्थल र मठमन्दिर हुँदै फागु पूर्णिमाको दिन फेरि जनकपुर आएर अन्तगृह पञ्चकोशी परिक्रमा गर्दै सम्पन्न हुनेछ ।

परिक्रमाको डोला जनकपुर पुगेर अन्तगृह परिक्रमा गरको भोलिपल्ट मिथिलामा विधिवत होली शुरु हुन्छ ।

मध्यमा परिक्रमाले भारतका चार र नेपालका ९ गरी १३ स्थानमा विश्राम लिन्छ । १३ दिनसम्ममा मध्यमा परिक्रमाका सहभागीले कुल १२७ किलोमिटर दूरी तय गर्ने हुनाले यसलाई सबैभन्दा लामो पैदल धार्मिक यात्रा पनि भनिन्छ ।

मध्यमा परिक्रमा झण्डै तीनसय वर्ष अघि शुरु भएको मानिन्छ ।

ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>