समाचारमंगलबार, फाल्गुण २५, २०७२
महाधिवेशनले लोकतन्त्रमा नयाँ आयाम थपेको छः पौडेल
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीको तेह्रौं महाधिवेशन भव्य र सभ्यरुपमा सम्पन्न भएको भन्दै यसले नेपालको लोकतन्त्रको विकासमा नयाँ आयाम थपेको बताएका छन् ।
२५ फागुनमा प्रेस वक्तव्य जारी गर्दै पौडेलले पार्टी सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई हार्दिक बधाई दिएका छन् ।
उनले भनेका छन, “ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएका मेरा मित्र शेरबहादुर देउवालाई हार्दिक बधाई ज्ञापन गर्दछु । पार्टीको आदर्श, सिद्धान्त र निष्ठाको राजनीतिबाट कत्तिपनि विचलित नभई पार्टी, देश र जनताको पक्षमा तपाईको कार्यकालको सफलताको कामना गर्दछु ।”
पौडेलले आफूलाई मत दिएका महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिंदै आफू निष्ठाको राजनीतिमा अविचलित रहने पनि उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
