समाचारमंगलबार, फाल्गुण २५, २०७२
कांग्रेस कोषाध्यक्षमा सीतादेवी यादव निर्वाचित
नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्ष पदमा सीतादेवी यादव विजयी भएकी छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी चित्रलेखा यादवलाई ८ मतको अन्तरले पराजित गरेकी हुन् ।
सीतादेवीले १२१७ मत प्राप्त गरिन् भने चित्रलेखाले १२०९ मत प्राप्त गरिन् । त्यसैगरी कोषाध्यक्ष पदका अर्का उम्मेदवार उमाकान्त चौधरीले ४५७ मत र कृष्ण कार्कीले ६६ मत प्राप्त गरे ।
को हुन सीतादेवी
नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादव २०५७ सालदेखि निरन्तर कांग्रेसको सिरहा जिल्ला कार्यसमिति सभापति रहँदै आएकी थिइन् ।
२०७० को संविधानसभा चुनावमा सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित उनी २०६२/०६३ को पुनस्र्थापित संसदमा पनि सांसद थिइन ।
१ मंसीर २०१२ मा जन्मेकी यादवले समाजशास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण गरेकी छन् ।
२०४६ सालदेखि राजनीतिमा आवद्ध भएकी उनी शहीद चन्दनारायण यादव मेमोरियल ट्रष्टको अध्यक्ष समेत हुन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
