अर्थ/बजारबुधबार, फाल्गुण २६, २०७२
धनगढी लिगमा सगरमाथा
धनगढी क्रिकेट लिगको प्रायोजन सगरमाथा सिमेन्टले गरेको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमी र मुख्य प्रायोजक सगरमाथा सिमेन्टबीच ९ फागुनमा भएको सम्झौता अनुसार सगरमाथा सिमेन्टले प्रतियोगिताका लागि रु.१० लाख सहयोग गर्नेछ।
“यस्तो प्रायोजनले प्रतियोगितालाई अझ भव्य बनाउने विश्वास छ”, एकेडेमीका अध्यक्ष सुवास शाही भन्छन् ।
सगरमाथा सिमेन्टका निर्देशक आदित्य संघाई क्रिकेटको शहर धनगढीले छोटो समयमा गरेको प्रगतिबाट प्रभावित भएर सहयोग गरेको बताउँछन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
