Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
उपप्रधानमन्त्री थापा थाइल्याण्ड प्रस्थान - Himalkhabar.com

समाचारबुधबार, फाल्गुण २६, २०७२

उपप्रधानमन्त्री थापा थाइल्याण्ड प्रस्थान

रासस

एसियाली मुलुकको साझा क्षेत्रीय मञ्च एसिया कोअपरेसन डाइलग (एसिडी) को १४औँ मन्त्रिस्तरीय बैठकमा भाग लिन उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा आज थाइल्यान्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका छन् ।

एसिडीका अध्यक्ष एवम् थाइल्यान्डका विदेशमन्त्री डन प्रामुड्युनेइको निमन्त्रणामा उपप्रधानमन्त्री थापा उक्त बैठकमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

परराष्ट्रमन्त्री थापाले एसिडी अतिथि अध्यक्षका रुपमा बैठकलाई बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार र बिहीबार हुने उक्त बैठकले नेपालको सदस्यता अनुमोदन गर्ने प्रायः निश्चित भएको छ । बैठकले नेपालको सदस्यता अनुमोदन गरेमा नेपाल एसिडीको ३३औँ सदस्य हुनेछ ।

सहयोगका सबै क्षेत्रमा एसियाली मुलुकबीच पारस्परिक निर्भरता प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यले १४ वर्षअघि एसिडी थाइल्यान्डमा स्थापना भएको हो ।

एसियाली मुलुकमा व्यापार तथा वित्त बजार विस्तार, विश्व बजारमा एसियाको आर्थिक प्रतिस्पर्धात्मकता वृद्धि गर्दै एसिया महादेशलाई एसियाली समुदायमा रुपान्तरण गर्नु एसिडीको अर्को उद्देश्य हो ।

हाल उक्त क्षेत्रीय मञ्चमा एसियाका ३३ मुलुक सदस्य छन् ।

बैठकमा सहभागी भएपछि उपप्रधानमन्त्री थापा बैंककबाट नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।

आर्ट अफ लिभिङ इन्टरनेसनल सेन्टरले आयोजना गर्ने विश्व सांस्कृतिक महोत्सवमा सम्मानित अतिथिका रुपमा थापाले भाग लिनेछन् ।

मन्त्रालयका अनुसार उपप्रधानमन्त्री थापा शनिबार स्वदेश फर्कनेछन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>