समाचारबुधबार, फाल्गुण २६, २०७२

प्रजातन्त्रको मुहान मधेशको असन्तुष्टि सम्बोधन गर्छुः महामन्त्री कोइराला

हिमालखबर

Sashanka-koirala-650x520नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री शशांक कोइरालाले मधेशको असन्तुष्टि सहमति, सहकार्य, समझदारी र आपसी विश्वाशबाट समाधान गर्ने संकल्प गरेका छन् ।

महामन्त्रीमा निर्वाचित भएपछि विज्ञप्ती जारी गर्दै कोइरालाले प्रजातन्त्रको मुहान मधेशको असन्तुष्टि हल गर्न लागी पर्ने प्रतिवद्धता जनाएका हुन् ।

“आजको परिहार्यता राष्ट्रियता, प्रजातन्त्र, प्रजातान्त्रिक समाजवादमा आधारित सामाजिक न्याय हो । यही जगमा टेकेर राष्ट्रिय एकता, मेलमिलाप, समन्वय, सहकार्य, समझदारी, सामाजिक सद्भाव, सामञ्जस्य र आपसि विश्वासको वातावरण सिर्जना गर्नु हाम्रो दायित्व हो”, उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

उनले पार्टीमा तरुणको जोश, जागर र क्रियाशीलता प्रेरणास्रोत रहेको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>