अर्थ/बजारबुधबार, फाल्गुण २६, २०७२

सामसुङ ग्यालेक्सी एस–७ एज र ग्यालेक्सी एस–७ बजारमा

हिमालखबर

ग्यालेक्सी एस–७ एज सार्वजनिक गर्दै फुटबल प्रशिक्षक बालगोपाल महर्जन । तस्वीरहरूः बिक्रम राई/हिमालखबर

ग्यालेक्सी एस–७ एज सार्वजनिक गर्दै फुटबल प्रशिक्षक बालगोपाल महर्जन । तस्वीरहरूः बिक्रम राई/हिमालखबर

सामसुङ इलेक्ट्रोनिक्स नेपालले दुई वटा स्मार्ट मोवाईल सेट लन्च गरेको छ । काठमाडौंमा २६ फागुनमा ग्यालेक्सी एस–७एज  र ग्यालेक्सी एस–७ सार्वजनिक गरिएको हो । पानी र हावाले असर नगर्ने दुबै मोवाईल सेटमा एडभान्स क्यामरा फिचर र एक्स्टर्नल मेमोरी कार्ड सुविधा भएको कम्पनीले जनाएको छ । चार जिबी र्याम भएको यि सेटहरूमा २०० जिबीसम्मको एक्स्टर्नल मेमोरी कार्ड राख्न सकिन्छ भने ड्युल पिक्सेल १२ एमपीको रियर क्यामरा छन् ।
एस–७ एज  र ग्यालेक्सी एस–७ दुबै एन्ड्रोइड ६.० अपरेटिङ सिस्टममा चल्छ । ग्यालेक्सी ७–एस को तौल १५२ ग्राम, ५.१ इन्च क्वाड एचडी डिस्प्ले र ३००० एमएएचको ब्याट्री छ । यस्तै एस–७ एजको तौल १५७ ग्राम, ५.५ इन्च क्वाड एचडी डिस्प्ले र ३६०० एमएएचको ब्याट्री छ ।

सामसुङ ग्यालेक्सी एस–७ एज र ग्यालेक्सी एस–७ बजारमा
ग्यालेक्सी एस–७ एजको मूल्य रु. ८८ हजार ९०० र ग्यालेक्सी एस–७ को रु. ७७ हजार ९०० निर्धारण गरिएको छ । मोवाईलसेट नेपाली बजारमा मध्य मार्चबाट उपलब्ध हुने सामसुङ नेपालका एचएचपी विभाग प्रमुख प्रणयरत्न स्थापितले जानकारी दिए । अग्रिम बुकिङ गर्नेहरूलाई रु. २० हजार मूल्य बराबरको लेदर ब्याग वा रु. १३ हजार ९०० पर्ने सामसुङ गियर भिआर उपलब्ध गराइने स्थापितले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>