समाचारबुधबार, फाल्गुण २६, २०७२
केन्द्रीय सदस्यमा खुमबहादुरको अग्रता
नेपाली कांग्रेसको १३औँ महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणनामा नेता खुमबहादुर खड्काले अग्रता लिएका छन् ।
मतगणना बिहीबार, २७ फागुन बिहानसम्मका लागि स्थगित भएको छ ।
कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा १५० मत गणना गर्दा खड्काले ९४ मत ल्याएका छन् भने दोस्रोमा प्रकाशमान सिंहले ९० र तेस्रोमा शेखर कोइरालाले ८९ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य जगनाथ श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी विमलेन्द्र निधिले ८८, प्रदीप गिरीले ८७, प्रदीप पौडेलले ८७, महेश आचार्यले ८७, बालकृष्ण खाँणले ८६, कुलबहादुर गुरुङले ८५, पूर्णबहादुर खड्काले ८४, रमेश लेखकले ७९, शङ्कर भण्डारीले ७८, सुजाता कोइरालाले ७८ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा खुला २५ पदका लागि ९० जनाले प्रतिस्पर्धा गरेका थिए ।
खुल्लातर्फको मतगणनापछि समावेशी र भूगोलको गणना हुनेछ ।
१५० मत गणना गर्दासम्मको नतिजा यस्ताे छ:
२५ स्थानसम्म मत पाउँनेहरु
खुमबहादुर खड्का :९४
प्रकाशमान सिंह :९०
शेखर कोइराला :८९
बिमलेन्द्र निधि :८८
प्रदीप पौडेल :८७
प्रदीप गिरी :८७
महेश आचार्य :८७
बालकृष्ण खाण :८६
कुलबहादुर (के.बी.) गुरुङ : ८५
पूर्णबहादुर खड्का :८४
रमेश लेखक :७९
शंकर भण्डारी :७८
सुजाता कोइराला :७८
प्रकाश शरण महत :७७
मिनेन्द्र रिजाल :७७
गोपालमान श्रेष्ठ :७६
नारायण खड्का :७५
विश्वप्रकाश शर्मा :७४
रामशरण महत :७४
बल बहादुर के.सी. :७३
ज्ञानेन्द्र बहादुर कार्की :७३
एन.पी. साउँद :७१
चन्द्र भण्डारी :७१
धनराज गुरुङ्ग :७०
उदय शम्शेर राणा :६८
१०० मतको परिणाम ।
अग्रस्थान प्राप्त गर्नेहरू
- प्रदीप पौडेल–६८
- प्रकाशमान सिंह–६२
- शेखर कोइराला–६०
- खुमबहादुर खड्का–६०
- विमलेन्द्र निधि–५८
- महेश आचार्य–५७
- पूर्णबहादुर खड्का–५६
- मिनेन्द्र रिजाल–५६
- बालकृष्ण खाँड–५६
- शंकर भण्डारी–५५
- चन्द्र भण्डारी–५४
- सुजाता कोइराला–५४
- रमेश लेखक–५१
- विश्वप्रकाश शर्मा–५०
- केबी गुरुङ–५०
- गोपालमान श्रेष्ठ–५०
- प्रकाशशरण महत–४९
- रामशरण महत–४९
- नारायण खड्का–४८
- धनराज गुरुङ–४८
- बलबहादुर केसी–४८
- प्रदीप गिरी–४७
- बद्री पाण्डे–४७
- एनपी साउद–४६
- ज्ञानेन्द्र कार्की-४५
- उदय शमशेर–४५
- डिना महालक्ष्मी उपाध्याय–४०
- जिपछिरिङ शेर्पा–४०
- अशोक कोइराला–३९
- गोविन्द पोखरेल–३८
- मनमोहन भट्टराई–३८
- रामहरि खतिवडा- ३१
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
