समाचारबिहीबार, फाल्गुण २७, २०७२

सरकारलाई धेरै बहस गरिरहने फुर्सद छैनः प्रधानमन्त्री ओली

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र गतिमा विकास आफ्नो नेतृत्वको सरकारको लक्ष्य भएको बताएका छन् ।

kp

२७ फागुन दिउँसो झापाको खुदुनाबारीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकारलाई धेरै बहस गरिरहने फुर्सद छैन, विकास काममा लाग्नु छ ।”

एमाले मेची अञ्चल कमिटीले आयोजना गरेको कम्युनिष्ट राजनीतिसँग जोडिएका पुर्वका महत्वपूर्ण ठाउँहरुको भ्रमण कार्यक्रमको उद्घाटन सभामा बोल्दै ओलीले भने, “मुलुकलाई अग्रगमनको दिशादिने सपना देखिएको ठाँउ यही हो ।”

ओलीले २१ फागुन २०२९ मा दक्षिण इलामको चुलाचुलीमा ५ झापाली योद्धाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, विरन राजबंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठलाई प्रहरीले हत्या गरेको स्थल सुखानी पुगेर फर्किएका ओलीले झापा आन्दोलनले देखाएको राजनीतिक कार्यदिशामा आज मुलुक आएको बताए ।

“त्यहि आन्दोलनको एउटा कार्यकर्ता आज मुलुकको प्रधानमन्त्री भएको छु, धन कमाउने रुची र इच्छा छैन”, उनले आफ्नो विगत सम्झिए, “झापा आन्दोलनको सोचलाई झण्डा बनाएर हिँडेको छु, गरीब पृष्ठभुमिबाट आएको हुँ, बिकास गरेर देखाँउन चाहन्छु ।”

ओलीले झापाको जनमत कहिल्यै पनि अनावश्यक लहैलहैबाट प्रभावित नभएको बताए ।

१० दिने अभियोनमा एमालेका ७५ जिल्लाको नेतृत्व तहका कम्तिमा एकसय सहभागी हुने बताइएको छ । याे समुहले इलामको सुखानी, झापाका बिभिन्न ठाँउ, मोरङको इटहरास्थित मदन भण्डारीको घर, इलाममा शहीद रत्नकुमार वान्तवाको घर र शाहदतस्थल हुँदै ताप्लेजुङको ढुंगेसाघुस्थित मदन भण्डारीको जन्मघर आदिको भ्रमण गर्ने एमाले मेचीका इञ्चार्ज हिक्मत कार्कीले बताए ।

–गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>