समाचारबिहीबार, फाल्गुण २७, २०७२
कांग्रेस खुल्ला केन्द्रीय सदस्यतर्फ ४०३ मतगणना (परिणामसहित)
नेपाली कांग्रेसको खुल्ला २५ केन्द्रीय सदस्यतर्फको ४०३ मतगणना भएको छ ।
दोस्रो दिन आज ४०३ गणना गरेकाे निर्वाचन समितिले भोलि (२८ फागुन) विहान १० बजेसम्मका लागि स्थगित गरेको छ । आरक्षणतर्फ मुस्लिम कोटाको परिणाम सार्वजनिक भएपनि अन्यको गणना हुन शुरु भएको छैन ।
केन्द्रीय निर्वाचन समितिका अनुसार भोलिबाट समावेशीतर्फका सवै कोटाको गणना शुरु हुनेछ । मतपत्र पट्याउने काम सकिएको छ ।
समावेशीतर्फ गणना सकिएपछि भूगोलको गणना गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।
९० प्रतिश्पर्धी मध्ये ४०३ मतगणनामा २५ मा पर्नेहरुको विवरण यस्तो छ ।
खुमबहादुर खड्काः २४२
प्रकाशमान सिंहः २३७
शेखर कोइरालाः २३७
प्रदिप पौडेलः २३१
बालकृष्ण खाँडः २३१
विमलेन्द्र निधिः २२५
महेश आचार्यः २२०
रमेश लेखकः २१८
प्रदिप गिरिः २१७
पूर्णबहादुर खड्काः २१४
रामशरण महतः २०५
सुजाता कोइरालाः २०५
धनराज गुरुङः २०५
कुलबहादुर गुरुङः २०४
विश्वप्रकाश शर्माः २०४
प्रकाशशरण महतः २०३
बलबहादुर केसीः १९७
शंकर भण्डारीः १९४
मिनेन्द्र रिजालः १९२
गोपालमान श्रेष्ठः १९१
चन्द्र भण्डारीः १८६
नारायण खड्काः १८४
बद्री पाण्डेः १८१
ज्ञानेन्द्रबहादुर कार्की १७९
एनपी साउदः १७९