समाचारशुक्रबार, फाल्गुण २८, २०७२

सरकार गम्भीर भएनः अध्यक्ष यादव

हिमालखबर

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको मुद्दा सम्बोधन गर्न सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

उनले भने, “आन्दोलनको स्वरुप परिवर्तन गरेर मधेशका मुद्दा सम्बोधन गर्ने अवसर दिएपनि त्यसतर्फ सरकार गम्भीर भएन ।”

अध्यक्ष यादवले मधेशको मुद्दाप्रति सरकार गम्भीर नभए चैतको पहिलो हप्तादेखि आफूहरु आन्दोलनमा जाने बताए । उनले अझै पनि समय रहेकाले आन्दोलन अगावै मधेशको मुद्दा सम्बोधन गर्न मुख्य दलहरुलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>