अर्थ/बजारशुक्रबार, फाल्गुण २८, २०७२
भालुबाङ्ग र बीजुवारमा बिओके
ब्याङ्क अफ काठमाण्डू (बिओके)ले प्युठानको बीजुवार र दाङ्गको भालुबाङ्गमा शाखा स्थापना गरेको छ । २७ फागुनमा ब्याङ्कका संचालकद्वय सन्तवरसिंह थापाले बीजुवार र वलराम न्यौपानेले भालुबाङ्ग शाखाको उदघाटन गरेका हुन ।
दुबै शाखाबाट निक्षेप, कर्जा, रेमिट्यान्स, ब्याङ्क ग्यारेन्टी लगायत सम्पूर्ण ब्याङ्किङ सेवा उपलब्ध हुने बिओकेले जनाएको छ । दुई शाखा थपिएपछि बिओकेको कुल शाखा ५६, एटिएम काउन्टर ५७ र एक्सटेन्सन काउन्टर ७ पुगेको छ ।
ग्रामीण क्षेत्रमा सेवा पुर्याउने र कृषि क्षेत्रमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य सहित युके एडअन्तर्गत सक्षम एक्सेस टु फाइनान्स कार्यक्रम र ब्याङ्क अफ काठमाडौंबीच साझेदारी सहमति भए अनुसार शाखा विस्तार गरिएको ब्याङ्कले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>