समाचारशुक्रबार, फाल्गुण २८, २०७२

सिफारिस प्रकरणमा सभामुखलाई फसाइयोः सभापति देउवा

हिमालखबर

ser bahadur deuwa2नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले न्यायपरिषदले गरेको सिफारिस फिर्ता गरेर सभामुख ओनसरी घर्ति मगरले गल्ती गरेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाललेकोे साक्षात्कारमा उनले भने, “सभामुखले फिर्ता पठाउने होईन, सुनवाई समिति बनाउने हो । फिर्ता गर्नु परे पनि सुनवाई समितिले गर्छ ।”

न्यायाधीश सिफारिस सभामुखलाई चित्त बुझ्नु वा नबुझ्नुको अर्थ नरहने भन्दै उनले सभामुख सम्मानित र तटस्थ पद भएकाले सबैको साझा र अभाभावकीय भूमिकामा रहनुपर्ने बताए ।

उनले सभामुख घर्ती असल मान्छे भएको तर, सिफारिस फिर्ता प्रकरणमा कसैले उनलाई फसाएको हुनसक्ने दाबी गरे । उनले यसबारे एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कुरा गर्ने बताएका छन् ।

ओली सरकार आफ्नै बोझले ढल्छ
उनले केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै बोझले ढल्ने भन्दै वर्तमान सरकारमा कांग्रेस सहभागी नहुने बताए ।

“सशक्त प्रतिपक्ष नभए शासक तानाशाही हुन्छ । गलत विपक्षी भए प्रजातन्त्र कमजोर हुन्छ । दह्रो प्रतिपक्ष भए प्रजातन्त्र बलियो हुन्छ । त्यसैले हामी प्रतिपक्षमा बस्छौ । यो सरकारमा हामी जाँदैनौ ।”

आफ्नो उद्देश्य संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने भएको भन्दै उनले संविधानको कार्यान्वयन, सीमांकन मिलाउने र मुलुकमा लगानीको वातावरण बनाएर समृद्ध र सम्पन्न नेपाल बनाउने आफ्नो प्राथमिकता रहेको सुनाए ।

देउवाले भने, “अहिले महंगी छ, कालोबजारी छ, आपूर्ति अस्तब्यस्त छ । त्यसविरुद्ध कांग्रेसले संसदमा आवाज उठाउँछ । मंहगी, कालोबजारी रोक्ने सरकारलाई दबाव दिन्छ ।”

उनले मधेशी मोर्चाले उठाएको सीमांकनसहितका मुद्दाहरुलाई बार्ताबाटै समाधान गर्ने स्पष्ट पार्दै आवश्यक परे संविधान संसोधन समेत गर्न सकिने बताए ।

देउवाले भने, “हामीसँग एक्लै संविधान संसोधन गर्ने संख्या छैन । त्यसकोलागि दुई तिहाई चाहिन्छ । अन्यदलहरुसँग पनि छलफल गरेर सहमति कायम गर्न पहल गर्छु ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>