Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
महिलामाथि एसीड प्रहार - Himalkhabar.com

थप समाचारशुक्रबार, फाल्गुण २८, २०७२

महिलामाथि एसीड प्रहार

हिमालखबर

acidदाङको घोराहीमा एक महिलामाथि एसीड प्रहार भएको छ ।

घोराही नगरपालिका–२ स्थित प्रहरी स्कुल नजिकै किराना पसल सञ्चालन गर्ने ३५ वर्षीया रिता चौधरी एसिड प्रहारबाट घाइते भएकी छन् ।

२७ फागुन साँझ ७ बजे मास्क लगाएका व्यक्तिले प्रहार गरेको एसीडबाट चौधरीको दाहिने गाला र गर्धन जलेको छ ।

स्थानीय क्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ ।

“मास्क लगाएको एक व्यक्तिले चुरोट दिनु भन्यो, अर्को बाइकमा थियो, चुरोट दिइसकेपछि फेरि नमकिन दिनु भन्यो” पीडित चौधरीले भनिन्, “नमकिन दिंदै गर्दा एसीड छ्याप्योे ।”

एसीड छ्यापेर उनीहरु मोटरसाइकलमा चढी फरार भएको चौधरीले बताइन् ।

किराना पसल भएको घरको पर्खाल हटाउने विषयमा विवाद भएको र विवाद गर्नेहरुले एसीड छ्यापेको हुनसक्ने उनकी आमा गुधासी चौधरीले बताइन् ।

घटनाबारे अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>