थप समाचारशुक्रबार, फाल्गुण २८, २०७२

प्रदेश केन्द्रीय सदस्यको मतगणना भोलि

हिमालखबर

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १३औँ महाधिवेशनमा भएको प्रदेश केन्द्रीय सदस्य निर्वाचनको मतगणना भोलि, २९ फागुनदेखि शुरु गर्ने भएको छ ।

प्रदेश सदस्यको निर्वाचनको मतगणना शनिबार बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु हुने समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिए ।

पार्टीको विधानबमोजिम सात प्रदेशबाट दुई जनाका दरले १४ सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नं १ मा १३, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १८, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १०, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा सात जनाले उम्मेदवारी दिएका थिए ।

बिहीबारसम्म खुला (२५) र मुस्लिमतर्फ (एक) का केन्द्रीय सदस्यको मात्र मतगणना गरेको समितिले आरक्षणतर्फका महिला, आदिवासी÷जनजाति, मधेशी र दलित केन्द्रीय सदस्यको मतगणना भने शुक्रबारदेखि शुरु गरेको समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

समितिले दैनिक बिहान १० बजेदेखि राति ८ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना गर्दै आएको छ ।

कुल तीन हजार १६१ मतदाता रहेको कांग्रेसको महाधिवेशनमा तीन हजार १४८ मत खसेको थियो ।

निर्वाचनमा खुला केन्द्रीय सदस्यमा २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको थियो भने आरक्षणतर्फ ६ जना महिला केन्द्रीय सदस्य पदका लागि ३८, आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्य पदका लागि ४०, आदिवासी जनजाति महिलातर्फ दुई पदका लागि १२, दलित तीन पदका लागि २०, दलित महिलातर्फ दुई पदका लागि पाँच, मधेसी आरक्षणतर्फ तीन पदका लागि १५ र मधेसी महिला दुई पदका लागि नौ र मुस्लिम आरक्षणतर्फ एक पदका लागि छ जनाको उम्मेदवारी कायम परेको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>