समाचारशनिबार, फाल्गुण २९, २०७२
दुर्घटनामा दुई प्रहरीसहित तीनजनाको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कडरबोनामा भएको दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना४ख १४३० नम्बरको ट्रकमा विपरित दिशाबाट जाँदै गरेको बा२२प ८५५७ नम्बरको मोटरसाइकल ठोकिएर दुईजना प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सुनसरी भादगाउँ सिनवार–८ घर भएका प्रहरी सुरज चौधरी र उदयपुर रामपुर ठोक्सिला–१ घर भएका प्रहरी सीताराम खड्काको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
दुवैलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
मृतक दुबै प्रहरी इलाका प्रहरी कार्यालय लहानमा थप मद्दतका लागि जाने क्रममा ट्रकमा ठोकिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै हिजो साँझ पूर्व–पश्चिम राजमार्गको सप्तरीको भारदह –१ मा पूर्वबाट पश्चिम जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरले अनटेस्ट मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार भारदह–१ का पप्पु माझीको मृत्यु भएको थियो । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
