समाचारशनिबार, फाल्गुण २९, २०७२
अबको प्रधानमन्त्री देउवाः कांग्रेस नेता खांण
नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले अबको प्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देउवा बन्ने बताएका छन् ।
वर्तमान सरकारको दिनगन्ती शुरु भइसकेको दाबी गर्दै उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएमा त्यसको नेतृत्व शेरबहादुरले गर्ने बताए ।
पार्टीसभापति र प्रधानमन्त्री एउटै व्यक्ति बन्नु पर्ने जिकिर गर्दै उनले थपे, “सुशील कोइराला सभापति र प्रधानमन्त्री छँदा संविधान ल्याउन सकियो ।”
२९ फागुनमा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले ओली नेतृत्वको सरकार ‘आफ्नै बोझ र अकर्मण्यता’ले ढल्ने दाबी गरेका हुन् ।
सरकारको काम बहुमत पुर्याएर टिक्नु बाहेक अन्य नभएको आरोप लगाउँदै खांणले सरकार मुलुकका समस्या समाधानमा गम्भीर नरहेको आरोप लगाए ।
-दीपक ज्ञवाली, बुटवल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
