समाचारशनिबार, फाल्गुण २९, २०७२

आरक्षण तर्फको सबै मतगणना सम्पन्न (नवनिर्वाचित २२ सदस्यको नामसहित)

हिमालखबर

नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको सबै आरक्षणतर्फका २२ पदको मतगणना सकिएको छ ।

महिला, दलित, जनजाति र मधेशीतर्फ आरक्षित कोटाका केन्द्रीय सदस्यहरुको मतगणना आज, २९ फागुनमा सकिएको छ भने मुस्लिमतर्फको गणना यसअघि नै सकिएको थियो ।

खुल्ला महिला कोटाबाट ६ जना निर्वाचित भएका छन् भने दुईजना महिलासहित दलित, मधेशी र जनजातिबाट पाँच–पाँचजना निर्वाचित भएका छन् ।मुस्लिममा भने एकजनाको मात्रै कोटा भएकोमा फर्मुल्लाह मन्सुर विजयी भएको यसअघि नै घोषणा गरिएको छ ।(नवनिर्वाचित केन्द्रीय सदस्यहरुको सूची तल बेग्लै दिइएको छ ।)

खुल्ला महिलातर्फ
खुल्ला महिलातर्फ डा डिला सङ्ग्रौला १५६४, पुष्पा भुसाल १२६७, कमला पन्त ११३०, सरिता प्रसाईं ९८७, अम्बिका बस्नेत ९३७ र ईश्वरी न्यौपानेले ९३५ मत ल्याएर विजयी भएका छन् । महिला कोटामा ३८ जनाको उम्मेदवारी परेको थियो ।

जनजातितर्फ
आदिवासी जनजातितर्फको आरक्षण कोटामा चिनकाजी श्रेष्ठ ९४७, बहादुरसिं लामा ७६७ र कल्याण गुरुङले ७३४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

आदिवासी जनजाति महिलातर्फको कोटामा भने सीता गुरुङ एक हजार २७४ र रत्ना शेरचनले ८४६ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।

आदिवासी जनजातितर्फ तीन केन्द्रीय सदस्य पदका लागि ४० र आदिवासी जनजाति महिलातर्फ दुई पदका लागि १२ जना उम्मेदवार थिए ।

मधेशीतर्फ
मधेशीतर्फ अजय चौरसियाले १३४१, महेन्द्र यादव १२३६ र रामकृष्ण यादवले १२०० मत प्राप्त गरी विजयी भएका छन् भने मधेशी महिला कोटाबाट किरण यादव १३३६ मत र पार्वता डिसी चौधरी ११३० मत प्राप्त गरी निर्वाचित भएका छन् ।

मधेशी आरक्षणतर्फ तीन पदका लागि १५ र मधेशी महिला दुई पदका लागि ९ जनाको उम्मेदवारी परेको थियो ।

दलिततर्फ
त्यसैगरी, दलिततर्फ केन्द्रीय सदस्यको कोटामा जीवन परियारले १४८१, मानबहादुर विश्वकर्माले १४०२ र मिन विश्वकर्माले १,३१३ मत ल्याएर विजयी भएका छन् ।

दलित महिलातर्फ १५१९ मत प्राप्त गरी लक्ष्मी परियार र १५०२ मत प्राप्त गरी सुजाता परियार केन्द्रीय सदस्य भएको निर्वाचन समितिले जनाएको छ ।
दलितको तीन पदका लागि २० जना र दलित महिला दुई पदका लागि पाँचजना चुनावी मैदानमा थिए ।

खुल्लातर्फको २५ र प्रदेशतर्फको १४ केन्द्रीय सदस्य पदको मतगणना भने अझै सकिएको छैन ।

खुल्लाका लागि ९० जना र सात प्रदेशबाट दुईजनाका दरले १४ सदस्यका लागि भएको निर्वाचनमा प्रदेश नं १ मा १३, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १८, प्रदेश नं ४ मा नौ, प्रदेश नं ५ मा १०, प्रदेश नं ६ मा पाँच र प्रदेश नं ७ मा सातजनाले उम्मेदवारी दिएका थिए ।

केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले आगामी सोमबारसम्ममा निर्वाचनको सबै परिणाम सार्वजनिक भइसक्ने अनुमान गरिएको जानकारी दिए ।

महाधिवेशनमा कुल तीन हजार १६१ मतदाता रहेकामा तीन हजार १४८ मत खसेको थियो ।
आरक्षणतर्फबाट निर्वाचित २२ केन्द्रीय सदस्यहरुको नामावली:
१) फर्मुल्लाह मन्सुर
२) चिनकाजी श्रेष्ठ
३) बहादुरसिं लामा
४) कल्याण गुरुङ
५) सीता गुरुङ
६) रत्ना शेरचन
७) डा डिला सङ्ग्रौला
८) पुष्पा भुसाल
९) कमला पन्त
१०) सरिता प्रसाईं
११) अम्बिका बस्नेत
१२) ईश्वरी न्यौपाने
१३) अजय चौरसिया
१४) महेन्द्र यादव
१५) रामकृष्ण यादव
१६) किरण यादव
१७) पार्वता डिसी चौधरी
१८) जीवन परियार
१९) मानबहादुर विश्वकर्मा
२०) मिन विश्वकर्मा
२१) लक्ष्मी परियार
२२) सुजाता परियार

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>