अर्थ/बजारआइतबार, फाल्गुण ३०, २०७२
महिन्द्राको गस्टो १२५-सिसि बजारमा
महिन्द्राको गस्टो १२५ सिसि स्कूटर बजारमा आएको छ । भारतको पुनेस्थित अत्याधुनिक ए एण्ड डि सेन्टरमा तयार गरिएको स्कूटर महिन्द्रा टु ह्विलरको नेपालको अधिकृत विक्रेता अग्नी समूहले नेपाली बजारमा बिक्री वितरण शुरु गरेको हो ।
१२५ सिसि इन्जीन भएको यो स्कूटरले उकालोमा पनि डबल लोड बोक्न सक्ने कम्पनीले जनाएको छ । आवश्यकता अनुसार सिटको उचाई मिलाउन सकिन्छ । रिमोट फ्लिप की, फाइन्ड मी ल्याम्प तथा गाइड ल्याम्प, ट्यूबलेस टायर, १२ इन्चको चक्का, एयर स्प्रिङ्ग सहितको फ्रन्ट टेलिस्कोपिक सस्पेन्शन, उच्च ग्राउन्ड क्लियरेन्स तथा चौडा व्हील–बेस, बेस्ट–इन–क्लास राइड क्वालिटी यसका विशेषताहरू हुन ।
स्कुटर लन्च कार्यक्रममा महिन्द्रा टु–व्हीलर्स्का हेड अफ एक्स्पोर्ट्स् संदीप सिंहले आकर्षक स्टाइल तथा १२५ सिसि को शक्तिशाली इन्जीनले ग्राहकहरुलाई निकै हर्षित बनाउने विश्वास व्यक्त गरे ।