Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चिनिएर पनि नचुनिएका कांग्रेस नेता - Himalkhabar.com

थप समाचारआइतबार, फाल्गुण ३०, २०७२

चिनिएर पनि नचुनिएका कांग्रेस नेता

रासस

नेपाली कांग्रेसको १३औँ महाधिवेशनबाट पुराना र चर्चित नेताहरु आरक्षण कोटामा पनि पराजित भएका छन् ।

राष्ट्रिय राजनीति, कांग्रेसको आन्तरिक गतिविधि र स्थानीयस्तरमा समेत धेरै काम गरेका नेता नै आरक्षण कोटाबाट समेत केन्द्रीय सदस्य हुन असफल भएका हुन् ।

महिला आरक्षणतर्फका उम्मेदवार महिला सङ्घकी केन्द्रीय अध्यक्ष तथा पार्टीको केन्द्रीय सदस्य भइसकेका सांसद् मिना पाण्डे र उमा रेग्मी, पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोईरालाको स्वकीय सचिव मृदुला कोईराला, नेविसङ्घकी पूर्वमहामन्त्री प्रतिमा गौतम पराजित भएका छन् ।

त्यसैगरी सांसद् शारदा पौडेल, ट्रेड युनियन राजनीतिबाट पार्टी राजनीतिमा आएकी रिता खनाल, नेविसङ्घ, महिला सङ्घकी मन्जु खाँण, नेविसङ्घका पूर्वसहमहामन्त्री सृजना अधिकारी पनि महिला कोटाबाट केन्द्रीय सदस्य बन्न सकेनन् ।

जनजातितर्फको कोटामा नेपाल प्राध्यापक सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष एवम् सांसद भीमसेनदास प्रधान पराजित भए ।

त्यसैगरी पटकपटक मन्त्री, सांसद् र केन्द्रीय सदस्य भइसकेका दुर्योधन सिंह थारु, सोलुखुम्वुका जिल्ला सभापति तथा सांसद् आङ्गेलु शेर्पा, पूर्वसांसद् तथा नेपाल तरुण दलका पूर्वमहासचिव महादेव गुरुङलगायतका नेताहरु पराजित भए ।

जनजाति महिलातर्फ सांसद उषा गुरुङ पराजित हुनुपर्‍यो ।

दलित आरक्षणमा दलित सङ्घको केन्द्रीय अध्यक्ष तथा मन्त्री भइसकेका सांसद् खड्ग बस्याल, राष्ट्रिय दलित आयोगका अध्यक्ष तथा रुकुमका पूर्वजिल्ला सभापति मानवहादुर नेपाली, पूर्वसांसद् सम्भुहजारा दुसाद, एकपटक मनोनित र एकपटक आमन्त्रीत केन्द्रीय सदस्य भएका प्रताप राम लोहार पनि पराजित भए ।

दलिततर्फको महिला कोटामा यसअघिकी केन्द्रीय सदस्य र अहिले सांसद् रहेकी कविताकुमारी सरदार वाँतर पराजित भइन् ।
नेविसङ्का केन्द्रीय अध्यक्ष तथा सांसद् रहेका रन्जीत कर्ण पनि मधेशी आरक्षणमा पराजित भए ।

त्यस्तै पूर्वकेन्द्रीय सदस्य र अहिलेका सांसद् रामचन्द्र तिवारी, कपिलबस्तुका जिल्ला पूर्वसभापति र पूर्वसांसद् सुधाकर पाण्डे पनि पराजित भए ।
मधेसी महिलाको कोटाबाट पराजित हुनेमा पूर्वकेन्द्रीय सदस्य र अहिलेकी सांसद् मिनाक्षी झा पनि छन् ।

मुस्लिमतर्फको कोटाबाट भने मुस्लिम सङ्घका अध्यक्ष अब्दुल सतार पार्टीको केन्द्रीय सदस्य बन्न सकेनन् ।

मन्त्री, सांसद् र केन्द्रीय सदस्य भइसकेका मोहम्मद अफताव आलम र सांसद् मोहम्मदी सिद्दिकी पनि पराजित भएका छन् ।

कांग्रेसमा समावेशी आरक्षणतर्फबाट २२ जना निर्वाचित हुने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>