समाचारआइतबार, फाल्गुण ३०, २०७२

मोर्चाका नेताहरु दिल्ली प्रस्थान

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु भारतको नयाँ दिल्ली प्रस्थान गरेकाछन् ।

नेपाल–भारत महिलामैत्री समाजको गोष्ठीमा सहभागी हुन मोर्चाका नेताहरु दिल्ली गएका हुन् । उक्त कार्यक्रमका लागि नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु पनि दिल्ली गएको तराई–मधेस लोकतान्त्रिक पार्टी ९तमलोपा०का नेता सर्वेन्द्रनाथ शुक्लले बताए ।

उनका अनुसार भारतमा रहँदा मोर्चाका नेताहरुको भारतीय उच्च अधिकारीसँग विशेष भेटवार्ता हुनसक्छ र त्यसका लागि प्रयास भइरहेको छ ।

उनले भने, “समाजको मुख्य कार्यक्रम भोलि हो, आज छलफल मात्र हुन्छ । उक्त कार्यक्रममा भारतीय नेताहरु पनि सहभागी हुने भएकाले स्वाभाविक रुपमा मोर्चाका नेताहरुले कुराकानी गर्नुहुनेछ । विशिष्ट भेटवार्ताका लागि प्रयास भइरहेको छ, अहिले टुङ्गो लागिसकेको छैन ।”

तमलोपाका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीलगायतका नेताहरु भारत गएका छन् । सद्भावनाका अध्यक्ष राजेन्द्र महतो भने पार्टीको काममा व्यस्तता देखाउँदै दिल्ली गएनन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>