Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रधानसेनापतिको अभिव्यक्तिबारे सैनिक प्रवक्तासँग 'पाँच प्रश्न' - Himalkhabar.com

अन्तर्वार्ता/विचारआइतबार, फाल्गुण ३०, २०७२

प्रधानसेनापतिको अभिव्यक्तिबारे सैनिक प्रवक्तासँग ‘पाँच प्रश्न’

हिमालखबर

bg_taraप्रधानसेनापति राजेन्द्र क्षेत्रीको ‘राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा खतरा पुर्‍याउने स्थिति सिर्जना भए सरकारको निर्देशन अनुसार परिचालन हुन सेना तयार रहेको’ अभिव्यक्तिबाट उत्पन्न तरंगबारे सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्की भन्छन्, “यो भनाइले देशको परिस्थिति, सेनाको तयारी र सतर्कता सम्बोधन गरेको छ ।”

प्रधानसेनापतिको सम्बोधनले के भन्न खोजेको हो ?
यो सेनापतिले सेना दिवसका अवसरमा सकलदर्जालाई मुलुकको समग्र सुरक्षा र वस्तुस्थिति बुझाउने गरी गरेको सम्बोधन हो । उहाँले राष्ट्रिय अखण्डतामा आँच पुर्‍याउने खालका सुरक्षा चुनौती सिर्जना भए संविधानले दिएको जिम्मेवारी, संवैधानिक प्रक्रिया र सरकारको निर्देशन अनुसार जिम्मेवारी पूरा गर्न सेना तयार छ, हुनुपर्छ भन्नुभएको हो ।

अहिल्यै त्यस्तो बोल्नुपर्ने सन्दर्भ र आवश्यकता चाहिं किन पर्‍यो ?
देशको परिस्थिति कस्तो छ र त्यसअनुरुप सेनाको ‘अपरेशनल’ तयारी कस्तो छ भन्नेबारे सकलदर्जालाई सूचित गर्नुपर्ने हुन्छ । अहिले परिस्थितिको गम्भीरता बुझाउन सेनापतिले यस्तो सम्बोधन गर्नुपरेको हो ।

कस्तो अवस्थामा सेना परिचालन हुन्छ भन्ने कुरा सेनापतिले बोल्ने विषय हो र ?
यो सम्बोधन आवश्यक पर्‍यो भने संविधानले दिएको जिम्मेवारी पूरा गर्न सेना तयार रहनुपर्छ भनेर गरिएको ‘अलर्टनेश’ (सर्तकता) हो । देश नै विखण्डन गर्ने खालका जुनसुकै गतिविधिबारे हामी सचेत छौं र त्यसका लागि तयारी अवस्थामा रहनुपर्छ भनेर निर्देशन दिइएको हो ।

प्रधानसेनापतिको भनाइले मधेशकेन्द्रित दलहरूलाई आक्रोशित बनाउन सघाउ पुर्‍यायो नि ?
पत्रपत्रिकाका कतिपय कुराले सेनापतिको भनाइलाई ‘फेब्रिकेट’ गरे । सीमांकन, संघीय संरचनाबारे बोलेको भन्ने समाचार आए । सेनापतिले त्यसबारे बोल्नुभएकै छैन । त्यो विशुद्ध राजनीतिक प्रक्रिया हो ।

यस्ता भनाइले सेनालाई विवादमा पार्दैन र ?
सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा सबै कुरा स्पष्ट छ । सेनाको अराजनीतिक र व्यावसायिक चरित्र विवादमा पर्ने गरी उहाँले बोल्नुभएको छैन । देशको परिस्थिति, सेनाको तयारी र सतर्कता मात्र देखाएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>