थप समाचारआइतबार, फाल्गुण ३०, २०७२

युवतीसहित अनुसन्धानका हवलदार पक्राउ

हिमालखबर

प्रहरीले राष्ट्रिय अनसन्धान विभागका हवलदार विक्रम यादवलाई एक युवतीसहित ढल्केबरको लजबाट पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय ढल्केवरले ३० फागुनमा पूर्व–पश्चिम राजमार्ग अन्तगर्त ढल्केवर चोकमा रहेको श्रीराम लजबाट युवतीसहित हवल्दारलाई पक्राउ गरेको हो ।

दुवैजना औरही– ३ का वासिन्दा हुन् ।

कोठामा चुकुल लगाएगेकै अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरिक्षक सागरविक्रम राणाले बताए ।

पक्राउ परेका हवल्दार यादव राष्ट्रिय अनसन्धान विभाग महोत्तरीमा कार्यरत छन् ।

पक्राउ परेकी युवती १८ वर्षभन्दा कम उमेरकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सागरविक्रम राणाले बताएका छन् ।
-ईश्वरचन्द्र झा, धनुषा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>