समाचारसोमबार, चैत्र १, २०७२

‘कांग्रेस र मोर्चाले सरकारलाई रचनात्मक सहयोग गर्नुपर्छ’

हिमालखबर

नेकपा एमालेका नेता एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनमा सबैको सहभागिता अनिवार्य रहेको बताएका छन् ।

मेची पर्यटन प्रवद्र्धन अभियानका क्रममा पाँचथर पुगेका नेम्वाङले मधेशी मोर्चाले राखेको असन्तुष्टि संविधान संशोधनमार्फत समाधान हुनुपर्ने बताए । उनले भने, “मधेश, पहाड र आदिवासीजनजातिले राख्दै आएको असन्तुष्टि संशोधनमार्फत टुंग्याउन सवै सहमत हुनुपर्छ ।’

एमाले संसदीय दलका उपनेता नेम्वाङले नेपाली कांग्रेस र मधेशी मोर्चाले सरकारलाई संविधान कार्यान्वयन गर्न रचनात्मक सहयोग गर्नुपर्ने बताए ।

-लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>