समाचारसोमबार, चैत्र १, २०७२
प्रधानन्यायाधीश सभामुख भेटः सिफारिस पुनः पठाउन सभामुखको आग्रह
सभामुख ओनसरी घर्ती मगरले प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई भेटेर सर्वोच्चमा ११ न्यायाधीश नियुक्ति सम्बन्धी सिफारिस पुनः पठाउन आग्रह गरेकी छन् । १ चैत विहान बालुवाटारस्थित प्रधानन्यायाधीश निवासमै पुगेर सभामुख घर्तिले यस्तो आग्रह गरेको संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।
न्यायपरिषदले फेरि सिफारिस गरे पक्रिया अघि बढ्ने पनि घर्तिले बताएको संसद स्रोतले उल्लेख गरेको छ । नियमावलीको अभावमा संसदीय सुनुवाई समिति गठन हुन नसकेको अवस्थामा आफूले व्यवहारिक हिसाबले मात्रै सिफारिस फिर्ता गरेको प्रष्टिकरण दिएकी थिइन् ।
न्यायपरिषद्ले १८ फागुनमा पुनरावेदन अदालतका सात जना मुख्य न्यायाधीश र चार वरिष्ठ अधिवक्ता गरी ११ जनालाई सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि गरेको सिफारिश सभामुख घर्ति मगरले फिर्ता गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>