समाचारसोमबार, चैत्र १, २०७२

कांग्रेस केन्द्रीय सदस्यको मतगणना आज सकिने

हिमालखबर

नेपाली कांग्रेसको १३औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको मतदानको गणना आज सकिने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार परिणाम आउन बाँकी रहेको खुल्ला २५ सदस्यीय र प्रदेशतर्फ १४ पदको गणना आज सकिने भएको छ ।

२० फागुनदेखि शुरु भएको महाधिवेशनमा २३ फागुनमा मतदान भएपनि गणना लम्बिदै आएको थियो । खुल्ला सदस्यका लागि ९० जनाको उम्मेदवारी परेपछि गणनामा ढिलाई भएको कांग्रेसले जनाएको छ ।

३ पदाधिकारी र २२ समावेशीतर्फको परिणाम आइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>