थप समाचारसोमबार, चैत्र १, २०७२

ग्याँस बुलेट दुर्घटना, चालकको मृत्यु

हिमालखबर

पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दुम्किबास –५ दाउन्नेमा गएराति ग्याँस बुलेट दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ गुडिरहेको एन एल ०१ एल ३९२२ भारतीय नम्बरको ग्याँस बुलेट अनियन्त्रित भइ पल्टदा बुलेटका चालक भारत, पटना आरसिया नगर –१६ बस्ने २४ बर्षीय सोनुकुमार थापाको मृत्यु भएको हो ।

उनको शव दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै गएराति नै सोही ठाउँमा ट्रक र एलपी ग्याँसको बुलेट एक आपसमा ठक्कर खाँदा चार जना घाईते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ गुडिरहेको लु १ ख ४७३७ नम्बरको ट्रक र जीजे ६२५४०४ नम्बरको एलपी ग्याँस बुलेट ठक्कर खाँदा घाइते भएका चारै जनाको चितवनको भरतपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>