अर्थ/बजारसोमबार, चैत्र १, २०७२
अपिले हकप्रद शेयर जारी गर्ने
अपि पावर लिमिटेडले हकप्रद शेयर जारी गर्न चैत २७ मा विशेष साधारणसभा बोलाउने भएको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार एक शेयरको अनुपातमा २ नयाँ हकप्रद शेयर जारी गर्ने सम्बन्धमा निर्णय गर्न उक्त विशेष साधारणसभा बोलाइएको हो । आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
गत भदौ १५ मा १ लाख ४८ हजार ६१६ जना आवेदकलाई ३० लाख कित्ता साधारण शेयर जारी गरेको अपिले ८ मेगावाटको माथिल्लो नौगढका लागि विद्युत खरिद सम्झौता (पिपिए) आवेदन दिएको छ ।
त्यस्तैे ४० मेगावाटको माथिल्लो चेमेलिया जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिका लागि आवेदन दिएको छ । अपिको चुक्ता पुँजी करिब रू. १ अर्ब छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>