समाचारसोमबार, चैत्र १, २०७२
हिमालका पत्रकार राई पुरस्कृत
हिमाल खबरपत्रिकाका पत्रकार सइन्द्र राई ‘जेन्डर रेस्पोन्सिभ जर्नलिज्म अवार्ड’ बाट पुरस्कृत भएका छन् ।
‘यूएन वुमन’ र ‘मिडिया एडभोकेसी ग्रुप’ ले संयुक्त रुपमा प्रदान गर्ने उक्त पुरस्कार हिमालमा प्रकाशित ‘गरिखानेलाई झनै गाह्रो’ शीर्षकको रिपोर्टका लागि राईलाई पुरस्कृत गरेको हो ।
सर्लाहीबाट राईले गरेको उक्त रिपोर्ट मधेश आन्दोलनले पीडित स्थानीय महिलाहरुका बारेमा थियो ।
१ चैतमा ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच सञ्चारमन्त्री शेरधन राईले नगद रु २५ हजार र प्रमाणपत्र पत्रकार राईलाई हस्तान्तरण गरेका हुन् । यस्तै, फाेटाेतर्फ कपिलवस्तुका पत्रकार मनाेज पाैडेललाई पुरस्कृत गरिएकाे छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
