समाचारसोमबार, चैत्र १, २०७२

प्रदेशतर्फको मतगणना सम्पन्न (नतिजासहित)

हिमालखबर

नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतगणना अन्तर्गत प्रदेशतर्फको नतिजा सार्वजनिक भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेशतर्फ खसेको ३१३३ मतगणना सकिएको छ । सात प्रदेशबाट निर्वाचित भएका १४ केन्द्रीय सदस्यहरु निर्वाचित भएका छन् ।

प्रदेश नम्बर १ बाट गुरुराज घिमिरे १३४० र भिष्मराज आङदेम्बे १२०८ मतका साथ विजयी भएका छन् ।

प्रदेश नम्बर २ बाट आनन्द ढुंगाना १४६१ र रमेश रिजाल १४५६ मत ल्याएर विजयी भए ।

प्रदेश नम्बर ३ बाट नविन्द्रराज जोशी १२२५ र मोहनबहादुर बस्नेत १०६७ मत ल्याएर विजयी भए ।

प्रदेश नम्बर ४ बाट गोविन्द भट्टराई १२९९ र सुरेन्द्रराज पाण्डे १२८६ मतका साथ विजयी भए ।

प्रदेश नम्बर ५ बाट दिपक गिरी १४७२ र देवेन्द्रराज कडेल १३४७ मत ल्याएर विजयी भए ।

प्रदेश नम्बर ६ बाट हृदयराम थानी १६१२ र जीवनबहादुर शाही १३८४ मतका साथ विजयी भए ।

प्रदेश नम्बर ७ बाट दिलेन्द्रप्रसाद बडू १६०२ र बीरबहादुर बलायर १३८५ मतका साथ विजयी भए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>