Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस महाधिवेशनः मतगणना सम्पन्न, नयाँ कार्यसमिति चयन (नामावलीसहित) - Himalkhabar.com

समाचारसोमबार, चैत्र १, २०७२

कांग्रेस महाधिवेशनः मतगणना सम्पन्न, नयाँ कार्यसमिति चयन (नामावलीसहित)

सइन्द्र राई

२० फागुनदेखि काठमाडौंमा शुरु भएको नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

१ चैतमा मतगणना सम्पन्न भएपछि ६४ सदस्यीय कार्यसमिति तय भएको हो । पदाधिकारीसहित केन्द्रीय कार्य समिति चयन गर्न २३ फागुनमा मतदान भएकाे थियाे । तर, सभापति पदका उम्मेदवारहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला मध्ये कसैले पनि कांग्रेस विधानअनुसार ५० प्रतिशत कटाउन नसकेपछि २४ फागुनमा दोस्रो चरणकाे निर्वाचन भयो । उक्त मतदानबाट भारी मतका साथ देउवा सभापति निर्वाचित भए ।

महामन्त्रीमा शशांक कोइराला र कोषाध्यक्षमा सितादेवी यादव निर्वाचित भइन् । उनीहरु दुवै पौडेल प्यानलबाट उम्मेदवार बनेका थिए । देउवा प्यानलबाट महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादव उम्मेदवार थिए भने सिटौलाको प्यानलबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षका उम्मेदवार उमाकान्त चौधरी थिए ।

निर्वाचित नयाँ कार्यसमित
सभापतिः शेरबहादुर देउवा
महामन्त्रीः शशांक कोइराला
कोषाध्यक्षः सितादेवी यादव

सदस्यहरुः खुल्लातर्फबाट शेखर कोइराला, प्रकाशमान सिंह, खुमबहादुर खड्का, केबी गुरुङ, प्रदिप गिरी, बालकृष्ण खाँड, विश्वप्रकाश शर्मा, रमेश लेखक, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, शंकर भण्डारी, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी र प्रकाशशरण महत निर्वाचित भए ।

यस्तै, प्रदिप पौडेल, धनराज गुरुङ, बलबहादुर केसी, महेश आचार्य, सुजाता कोइराला, रामशरण महत, बद्री पाण्डे, नारायण खड्का, मिनेन्द्र रिजाल खुल्ला २५ जनाको कोटामा निर्वाचित भएका छन् ।

प्रदेशतर्फबाट गुरुराज घिमिरे, भिष्मराज आङ्देम्बे, आनन्दप्रसाद ढुंगाना, रमेश रिजाल, नविन्द्रराज जोशी, मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, दिपक गिरी, देवेन्द्रराज कडेल, हृदयराम थानी, जीवनबहादुर शाही, दिलेन्द्रप्रसाद बडू र बीरबहादुर बलायर निर्वाचित भए ।

२२ समावेशी मध्ये आदिवासी जनजातिबाट चिनकाजी श्रेष्ठ, बहादुरसिंह लामा, कल्याण गुरुङ, सीता गुरुङ र रत्ना शेरचन निर्वाचित भए । यस्तै, मधेशी कोटाबाट अजय चौरसिया, महेन्द्र यादव, रामकृष्ण यादव, किरण यादव र पार्वती डिसी चौधरी केन्द्रीय सदस्यमा विजयी भए ।

दलिततर्फ ६ जनामा जीवन परियार, मानवबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, लक्ष्मी परियार र सुजाता परियार निर्वाचित भए ।

महिलातर्फबाट डिला संग्रौला, पुष्पा भुसाल, कमला पन्त, सरिता प्रसाई, अम्बिका बस्नेत र ईश्वरी न्यौपाने निर्वाचित भएभने मुस्लिम कोटामा फरमुल्लाह मन्सुर विजयी भए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>