समाचारमंगलबार, चैत्र २, २०७२
मन्त्रिपरिषद निर्णयः गाउँ नगरपालिका तथा विशेष संरक्षित तथा स्वायत्त क्षेत्रको संख्या तथा सीमा निर्धारण गर्न आयोग गठन
सरकारले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित तथा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सीमाङ्कन निर्धारण गर्न आयोग गठन गरेको छ ।
सरकारका पूर्वसचिव बालानन्द पौडेलका अध्यक्षतामा नौ सदस्यीय आयोग गठन गर्ने १ चैत साँझ बसेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो ।
आयोगका सदस्यमा श्याम भुर्तेल, डोरमणि पौडेल, डा माधव अधिकारी, धीरज शाह, सुनिलरञ्जन सिंह, पवित्रा श्रेष्ठ सुब्बा र सदस्य सचिवमा नेपाल सरकारका सहसचिव छन् ।
आयोगका एक सदस्यको स्थान पछि पूर्ति गरिने सरकारका प्रवक्ता सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।
नयाँ संविधानले ६ महिना भित्र आयोग गठन गरिसक्ने प्रावधान राखेको थियो । आज संविधान जारी भएको ६ महिना पुग्दैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
