समाचारमंगलबार, चैत्र २, २०७२
भारतीय विदेशसचिव र मोर्चा नेताबीच भेटवार्ता
सारकर मन्त्रिपरिषद बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेश सचिव एस जयशंकरसँग मधेशी मोर्चाका नेताहरुले भेट गरेका छन् ।
आज, २ चैत बिहान मोर्चाका नेताहरुले बत्तिसपुतलीस्थित होटल द्वारिकामा जयशंकरसँग एक घन्टा भेटवार्ता गरेका थिए ।
भेटमा मधेश आन्दोलन र मोर्चोको पछिल्लो गतिविधि बारे छलफल भएको मोर्चाका नेताहरुले बताएका छन् ।
भेटमा सहभागी सदभावना पार्टी सह–अध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार उनीहरुले सरकार र ठूला दलले आन्दोलनका माग अझै सम्बोधन नगरेको, पक्राउ परेकालाई रिहा नगरेको र घाइतेको उपचारसमेत सरकारले नगरेको भन्दै आफूहरुले चैत मसान्तसम्म सरकारलाई अल्टिमेटम दिएको जानकारी गराएका थिए ।
जवाफ जयशंकरले भारतले मधेशको समस्या छिटो समाधान होस् भन्ने चाहेको बताएका थिए ।
उनले मोर्चाको माग बारे आजै प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा कुरा गर्ने बताएका थिए ।
भेटघाटमा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणकलाल कर्ण, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव, संघीय समाजवादी फोरम नेपालका नेता अशोक राई, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, तमलोपाका महामन्त्री, सर्वेन्द्रनाथ शुक्ल र राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झा सहभागी थिए ।
विदेश सचिव जयशंकरले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटदैछन् ।
यसैबीच विदेशसचिव जयशंकरले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईसँग समेत छलफल गरेका छन्।
जयशंकरले भट्टराईसँग मधेश आन्दोलन र अन्य समसामयिक राजनीतिका विषयमा छलफल गरेका हुन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
