समाचारमंगलबार, चैत्र २, २०७२

म्यानमारको नयाँ राष्ट्रपतिमा सू चीका विश्वासपात्र टिन च्यो विजयी

हिमालखबर

htinम्यानमारको नयाँ राष्ट्रपतिमा नेशनल लिग फर डेमोक्रेसीका वरिष्ठ नेता टिन च्यो बिजयी भएका छन् ।

म्यानमारको संसदमा २ चैतमा भएको गोप्य मतदानमा उनले सर्वाधिक मत प्राप्त गरी विजयी भएको घोषणा म्यानमारको संसदले गरेको छ ।

टिन च्यो म्यानमारमा कैयौँ दशकपछि पहिलो नागरिक राष्ट्रपतिका रुपमा बिजयी भएका हुन् ।

यो जित सूचिको हो– नवनियुक्त राष्ट्रपति
यसैबीच आफू राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक प्रतिक्रिया दिँदै उनले भनेका छन्, ” यो जित दिदी सुकीको जित हो, उहाँलाई नै बधाई र धन्यवाद छ ।”

आफूले सुकीको आज्ञापालकका रुपमा कामगर्ने पनि नवनिर्वाचित राष्ट्रपतिले बताए ।

च्यो म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको दल नेशनल लिग फर डेमोक्र्यासीका तर्फबाट उम्मेदवार थिए । उनी सुकीको विश्वासपात्रका रुपमा पनि चिनिन्छन् ।

म्यानमारको संविधानले सुकीलाई यस पदका लागि प्रतिबन्ध लगाएकोले उनले नै च्योलाई अघि सारेकी हुन् ।

म्यानमारको संविधानमा परिवारका सदस्य विदेशी नागरिक भएका व्यक्तिलाई राष्ट्रपति बन्नबाट रोक लगाएको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>