समाचारमंगलबार, चैत्र २, २०७२
कांग्रेस सत्तामा जान लालायित छैनःदेउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई सत्तामा जान हतार नभएको बताएका छन् ।
पार्टी सभापतिमा निर्वाचित भएपछि बधाई दिन देउवा निवास बुढानीलकण्ठ पुगेको नेपाल प्रेस युनियनको टोलीसँग उनले यस पटक कांग्रेस सत्ता बाहिरको रचनात्मक पहरेदारको भूमिकामा बसी मधेशका माग, संविधान कार्यान्वयन, स्थानीय तथा प्रदेशको निर्वाचन लगायतमा कटिबद्ध हुने बताए ।
“म पार्टीलाई एक ढिक्का बनाई अगाडि बढ्ने छु” उनले भने ।
‘पूर्व सांसदलाई न्यायाधीश बनाउनु लाजमर्दो’
अर्को एक प्रसङ्गमा उनले स्वतन्त्र न्यायपालिकामा पूर्वसांसदलाई नियुक्ति गर्न खोज्नु लाजमर्दो भएको टिप्पणी गरे ।
न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा एमाले पूर्व सांसद सपना मल्ललाई सिफारिस गरेको प्रति इंगित गर्दै देउवाले त्यस्तो बताएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
