समाचारमंगलबार, चैत्र २, २०७२

प्रधानमन्त्री ओलीसँग भारतीय विदेशसचिव जयशंकरको भेट

हिमालखबर

jayashanker_oliसार्क मन्त्रिपरिषद बैठकका लागि नेपाल आएका भारतीय विदेश सचिव एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा नेपालको समसामयिक राजनीति र दुई देशबीचको आपसी हितका बारेमा छलफल भएको प्रधानमन्त्री विदेश मामिला सल्लाहकार गोपाल खनालले जानकारी दिए ।

भेटमा जयशंकरले भारतले नेपालमा राजनीतिक स्थिरता र विकास चाहेको र त्यो प्रधानमन्त्री ओलीबाट सम्भव छ भन्ने आफूहरुलाई विश्वास रहेको बताएको भेटमा सहभागी खनालले बताए ।

प्रधानमन्त्रीलाई भेट्नु अघि जयशंकरको मधेशी मोर्चाका नेताहरुसँग भेटवार्ता भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>