समाचारमंगलबार, चैत्र २, २०७२
कांग्रेस नवनिर्वाचित समितिको पदभार बुधबार
कांग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको पदभार ग्रहण बुधबार, ३ चैतमा हुने भएको छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले ३ चैत साँझ ४ बजेका लागि पदभार ग्रहण कार्यक्रम तय गरेको पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए ।
नवनिर्वाचित सबै पदाधिकारी र सदस्यलाई समितिले विजयी भएको प्रमाणपत्र दिएपछि सबैले औपचारिक रुपमा आआफ्नो पद सम्हाल्ने छन् ।
कांग्रेसमा नयाँ नेतृत्वका लागि २३ फागुनमा भएको निर्वाचनका सबै पदको मतगणना १ चैत साँझ मात्र सम्पन्न भएको थियो ।
कांग्रेसमा महाधिवेशन अन्तर्गत सभापति, महामन्त्री र कोषाध्यक्षसहित ६४ सदस्यका लागि निर्वाचन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
