थप समाचारमंगलबार, चैत्र २, २०७२

युवतीको खाजा खाने निम्तो मान्न पुगेका युवक लुटिए

हिमालखबर

खाजा खान बोलाएकी एक युवतीले नसालु पदार्थ खुवाएर म्याग्दीको बेनीस्थित हाडेभिरमा व्यवसाय गर्दै आएका कुलदीप जुक्जाली लुटिएका छन् ।

१ चैत साँझ बेनीको ‘पुन होटल एन्ड नान हाउस’मा खाजा खान जाँदा आफ्ना साथमा रहेको दश तोला सुन लगायत सामान लुटिएको पीडितले बताएका छन् ।

खाजासँगै मगाइएको रक्सीमा लठ्याउने पदार्थ मिसाएर खुवाइएपछि आफू बेहोस भएको र आफ्ना तीन तोलाको औंठी, चार तोलाको सुनको सिक्री र दुई तोलाको हातमा लगाइएको चेन लगायत लुटेर युवती फरार भएकी जुक्जालीले बताए ।

पीडितको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । खाजासँगै रक्सी खाएका जुक्जाली बिहान मात्रै बिउँझिएका थिए

लोकदोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्षसमेत रहेका जुक्जालीको ती युवतीसँग कृषि औजार कारखानामा भेट भएको थियो ।

सामान किन्न आएकी युवतीले भिजिटिङ कार्ड लगेपछि उनीहरुबीच दुई तीन दिन फोनमा कुरा भएको थियो ।

कपाल खैरो पारिएको, सेतो प्यान्ट र सेतो स्विटर लगाएकी पातलो शरीर भएकी युवतीको हुलियाका आधारमा अहिले खोजी भइरहेको छ ।

अरबी भाषा बोल्ने अन्दाजी २० वर्षकी ती युवतीले जुक्जालीसँग आफ्नो घर म्याग्दीकै दोवा भएको बताएकी थिइन् ।

घटनाको जानकारी पाएलगत्तै अनुसन्धान र युवतीको खोजीमा प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>