थप समाचारमंगलबार, चैत्र २, २०७२
पाँच केजी चरेस सहित दुई पक्राउ
बाँके प्रहरीले ५ केजी अवैध लागू औषध चरेस सहित दुईजनालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज २५ बुद्धचोकबाट चरेस सहित सल्यान छाँयाक्षेत्र ५ राउत गाँउ घर भई नेपालगञ्ज २६ राँझा बस्दै आएका २६ वर्षीय हरि थापा र कम्दी ९ डलैपुरका २२ वर्षीय शंकर क्षेत्रीलाई पक्राउ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये शंकर ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालत बाँकेद्वारा ५ बर्ष जेल सजाय तोकी फरार रहेका व्यक्ति हुन् ।
लागू औषध मुद्दामा म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राइले जानकारी दिए ।
केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>