समाचारमंगलबार, चैत्र २, २०७२
नयाँ कार्यसमितिलाई घरमै बोलाएर पौडेलले शुभकामना दिए
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले १३औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिलाई चियापानसहित शुभकामना दिएका छन् ।
पौडेलले आफ्नै निवासमा नवनिर्वाचित सभापति शेरबहादुर देउवासहित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई शुभकामना दिएका थिए । देउवालाई पार्टी एकताबद्ध बनाएर लैजान आग्रह गरे ।
उनले भने, “पार्टीभित्र र बाहिर समेत मिलाएर अघि बढाउने जिम्मेवारी देउवाजीको काँधमा आएको छ ।” पौडेल देउवासँग पराजित भएका थिए ।
–कपिल भट्ट, काठमाडाैं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
