समाचारबुधबार, चैत्र ३, २०७२

पाँचथरका ब्यवसायी रेग्मी बेपत्ता

हिमालखबर

पाँचथरको रविबजारका ब्यवसायी दिनेश रेग्मी १ चैत बेलुकादेखि बेपत्ता भएका छन् । उनको अपहरण भएको अनुमान गरिएको छ ।

छिमेकी जङ्गलमा उनको मोटरसाइकल र मोबाइल भेटिएको छ । स्थानीयवासीका अनुसार २७ वर्षीय रेग्मी पसलबाट सोमबार दिउँसो ४ बजेतिर छिमेकी सराङडाँडा गाविसमा होम टिभी बिग्रेकाले बनाउन खबर आएको भन्दै मोटरसाइकलमा त्यसतर्फ लागेका थिए ।

रवि बजारबाट हिँडेपछि सम्पर्कविहीन रहेका उनको मोटरसाइकल १५ मिनेट जतिको दूरीमा रहेको छिमेकी इलाम जिल्लाको फुँयतप्पा–७ को राउते भन्ने जङ्गलमा लडाएको अवस्थामा भेटिएको छ ।

सोमबार बेलुका आइपुग्ने भन्दै हिँडेका उनी अबेरसम्म नफर्केपछि छिमेकीले उनको पसल भने बन्द गरिदिएर मङ्गलबार बिहानै प्रहरीमा खबर गरेका थिए । स्थानीय बासिन्दासँगको सहकार्यमा उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रविका इन्चार्ज गीतनारायण चौधरीले जानकारी दिए ।
-लक्ष्मी गौतम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>