अर्थ/बजारबुधबार, चैत्र ३, २०७२

कोबेल्कोकोले ल्यायो एसके–१४० एचडी एस्काभेटर

हिमालखबर

कोबेल्कोकोले ल्यायो एसके–१४० एचडी एस्काभेटर
कोबेल्को कन्सट्रक्सन मेसिनरीका लागि नेपालको अधिकृत बिक्रेता पूजा कन्सट्रक्सन नेपाल प्रालिले एसके–१४० एचडी एलसी एस्काभेटर सार्वजनिक गरेको छ । इँटा कारखाना, सिँचाइ, सडक कटिङ लगायतका लागि १४ टन एस्काभेटरको माग बढेपछि एसके–१४० एचडी ल्याइएको कम्पनीले जनाएको छ ।

कोबेल्को कन्सट्रक्सन इक्विपमेन्ट इन्डिया प्रालिका डाइरेक्टर तथा कार्यकारी उपाध्यक्ष कोजी नाकागावाले काठमाडौंमा एस्काभेटरको नयाँ मोडल सार्वजनिक गरेका हुन ।

यसैबीच एसके १४० एचडिएलसी सार्वजनिक गर्न आयोजित कार्यक्रममा कोबेल्को कन्सट्रक्सन मेसिनरी कम्पनी लिमिटेड, जापानले उक्त एस्काभेटर एक थान नेपाल सरकारलाई उपलब्ध गराएको छ । ६९ लाख रुपैयाँ पर्ने उक्त एस्काभेटरबाट नेपाल सरकारले सञ्चालन गरिरहेको पुनस्र्थापना र उद्धार कार्यमा थोरै भए पनि सहयोग कोजी नाकागावाको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...