समाचारबुधबार, चैत्र ३, २०७२
सात केन्द्रीय सदस्य मनोनित गर्ने देउवाको तयारी
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले १३औं महाधिवेशनमा पदाधिकारीतर्फबाट पराजितहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी गरेका छन् ।
सभापतिमा पराजित रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित अर्जुननरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरीलाई मनोनित गर्ने तयारी भइरहेको देउवा निकट एक नेताले बताए । उनका अनुसार आज वा भोलि नै उनीहरुलाई मनोनित गरिनेछ ।
महाधिवेशनका बेला अस्वस्थ्य भएर चुनावमा सहभागी हुन नपाएका नरहरी आचार्यलाई पनि मनोनित गरिने भएको छ । दिउँसो ४ बजे प्रमाणपत्र लिएपछि देउवाले पहिलो पटक सात जनालाई मनोनित गर्ने भएका हुन् ।
कांग्रेस विधानमा २१ जना केन्द्रीय सदस्य मनोनित गर्न सकिने प्रावधान छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
